Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चालु क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विण्टल ७५० गर्न किसानको माग 

चालु क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विण्टल ७५० गर्न किसानको माग 

  • 293
    SHARES
  • चालु क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विण्टल ७५० गर्न किसानको माग 

    सर्लाही । चालु क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विण्टल ७५० रुपैयाँ कायम गर्न किसानले माग गरेका छन् । 

    उखु उत्पादक महासंघ, किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाउँदै यो माग राखेको हो ।

    उखुको मूल्य कामय गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादन (मोलासिस, बकास, प्रेसमड, विद्युतलगायत) समेतको आधार गरिनु पर्ने किसानको माग छ । माग बढेको बेला चिनीको भाउ बढाउने र उखु क्रसिङ गर्ने बेला घटाएर किसानलाई कम पैसा दिने उद्योगीको नीतिले मर्का परेको किसानको गुनासो छ । 

    प्रमुख जिल्ला अधिकारी काेमलप्रसाद धमलालाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदान वापतको रकम पनि यथाशिघ्र दिन माग गरिएको छ । अनुदान वापतको रकम अझैसम्म सर्लाहीका किसानले पाएका छैनन् । 

    मूल्य निर्धारण नभएसम्म चिनी उद्योग संचालन गर्न नदिने किसानले स्पष्ट पारेका छन् । किसानको माग पुरा नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ । 

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा किसानसँगै प्रदेश सांसद काैशल किशाेर राय पनि सहभागी थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij