Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ

  • 202
    SHARES
  • वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ

    म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने बाहनामा  ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका-४ (साविक बरङ्जा गाविस)-८ का ४३ वर्षीय गंगाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट दुई लाखदेखि दश लाखसम्म ठगी गरेका थिए ।

    प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मंगलबारनिज उपर लागेको दण्ड जरिवाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ ।

    उनले भने, ‘विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन् । पीडितलाई दिएको चेक नसाटिएपछि बैंकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।’ बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij