Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

अस्करमा छनोट हुने चलचित्रलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको घोषणा 

अस्करमा छनोट हुने चलचित्रलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको घोषणा 

  • आषाढ १७, २०७८ बिहिवार २०:०८ बजे
  • 807
    SHARES
  • अस्करमा छनोट हुने चलचित्रलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको घोषणा 

    काठमाडौं । सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान रकमको घोषणा गरेको छ । चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको छ ।

    बोर्डको २१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष दयाराम दाहालले कार्यविधि लागु भएको जानकारी दिए । ती फेस्टिभल र अवार्डमा भाग लिन जाने फिल्ममेकरलाई बोर्डले भ्रमणलगायत शीर्षकको खर्च पनि ब्यहोर्ने भएको छ ।

    छोटो र फिचर फिल्मको रुपमा वर्गीकरण गर्दै बोर्डले फेस्टिभल र अवार्डमा मनोनयन भए सोहीअनुसार ग्रान्ट उपलब्ध गराइने दाहालले बताए । कार्यविधिअनुसार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिइने भएको हो  ।कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम फेस्टिभलमा छानिने फिचरले २ लाख ५० हजार ग्रान्ट र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

    यीसहित विभिन्न फेस्टिभलअनुसार पनि ग्रान्ट रकम तोकिएको छ । अर्थ र कानून मन्त्रालयबाट कार्यविधि पास भएसँगै यस्तो मापदण्ड लागु भएको अध्यक्ष दाहालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij