Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध

ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध

  • 200
    SHARES
  • ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध

    इलाम । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो ।

    उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए । चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन ।

    उनीहरुले यस वर्ष मात्र ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताए । गएको आव २०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले ३१ लाख ५२ हजार पोसाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए ।

    ‘शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन’, नगर प्रमुख पोख्रेलले भने, ‘ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेको हो ।’

    पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा ३६ लाख विनियोजन गरेको थियो ।

    यस्तै उक्त नगरपालिकाले दीर्घरोगीलाई औषधी खर्चबापत वार्षिक पाँच हजार पनि उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई दुई लाख उपलब्ध गराएको थियो । चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij