Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

‘सलार’को रेकर्डतोड आम्दानी, शाहरुखको ‘डंकी’ले गति लिन सकेन

‘सलार’को रेकर्डतोड आम्दानी, शाहरुखको ‘डंकी’ले गति लिन सकेन

  • 192
    SHARES
  • ‘सलार’को रेकर्डतोड आम्दानी, शाहरुखको ‘डंकी’ले गति लिन सकेन

    नयाँ दिल्ली । बलिउडमा शाहरुखको ‘डंकी’ लगत्तै रिलिज भएको प्रभासको नयाँ फिल्म ‘सलार’ ले उत्कृष्ट व्यापार गरेको छ ।

    images

    सलार शुक्रबार विश्वभरका थिएटरमा रिलिज भएको थियो । सलारको ओपनिङ नै सानदार भयो । 

    फिल्मले पहिलो दिनमै ८० करोडको ठूलो कलेक्सन गरेर सबैलाई चकित पारेको छ । दोस्रो दिन शनिबार पनि फिल्मले कलेक्सनको स्पिडलाई जारी राख्दै विश्वभर १८०–२०० करोड कलेक्सन गरेको छ । तेस्रो दिन पनि सालारले राम्रो कमाइ गर्ने अपेक्षा छ । 

    सालारको रिलिजले बक्स अफिसमा हलचल ल्याएको छ । शाहरुखको फिल्म डंकीले पहिलो दिन करिब ३५ करोड कमाएको थियो भने प्रभास स्टारर फिल्म सालारले ओपनिङ कलेक्सन दाेब्बरभन्दा बढी करिब ८० करोड गर्याे । 

    लगातारको आम्दानी हेर्दा सालार यस वर्ष सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पर्न सक्ने सम्भावना बढेको छ । बाहुबली र बाहुबली २ को ठूलो सफलताले प्रभासलाई साउथ इन्डस्ट्री बाहिर ठूलो स्टारको रूपमा स्थापित गरेको थियो। सालारको सफलताले उनको स्टारडमलाई अझ बलियो बनाएको छ ।

    प्रभासको फिल्मले फेरि एकपटक उनको पुरानो दबदबालाई कायम राखेको छ । बलिउडका किङ खानको फिल्म डंकीले खासै गति लिन नसकेको बेला सलारले रेकर्डतोड आम्दानी गर्नुलाई प्रभास स्टारडम चुलिएको मान्न सकिन्छ । सलारमा प्रभासको जोडीमा श्रुति हासन रहेकी छिन् । यी दुईको यो पहिलो फिल्म हो । 

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology