Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोड ठग्ने दुई पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोड ठग्ने दुई पक्राउ

  • 266
    SHARES
  • वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोड ठग्ने दुई पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा र तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौंको गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    काठमाडौंको महाराजगंजमा सी स्टार ट्रेनिङ सेन्टर  सञ्चालन गर्दै आएका लामाले वैदेशिक रोजगारीको लागि लिथुवानिया, क्यानडा, सिंगापुरलगायतका देशमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर १० करोड रुपैयाँ बढी ठगेको प्रहरीले जनाएको छ ।

    लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उक्त रकम ठगी गरी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले शंखमूलबाट पक्राउ गरेको हो ।

    कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    यस्तै कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गर्ने जुनु तुम्बाहाङफेलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । तुम्बाहाङफेले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई राम्रो कम्पनीमा आकर्षक तलब (१ लाख रूपैयाँ) मिलाइदिने भनि पीडितबाट दुई लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

    तुम्बाहाङफेलाई गौशालाबाट पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij