वेबटिभी खबर
काबुल । बघराम हवाई मैदान करिब २० वर्षसम्म अमेरिकी सैनिकको मुख्यालय रह्यो । केही दिन अघि अमेरिकी सैनिकले अफगानिस्तानलाई उक्त विमानस्थल हस्तान्तरण गरे । उनीहरु केही स्वेदेश फर्किए र काेही फर्किने तयारीमा छन् तर सेनाले सयौं टन फोहोर विमानस्थल आसपास छोडेर गए ।
अमेरिका सन् २०२१ को सेप्टेम्बर ११ भन्दा अघि बघराम एयरबेसबाट सबै अमेरिकी सैनिक खाली गर्न चाहन्छ । यसका लागि सेनाले छिटो छिटो काम गरिरहेको छ । तर त्यहाँ अहिलेसम्म सेनाले प्रयोग गरेका तार, धातु र अन्य फोहोर थुप्रिरहेका छन् । फोहोर भएको ठाउँमा मानिसहरु उपयोग गर्न मिल्ने वस्तु खोजिरहेका छन् । त्यहाँ सेना जुत्तादेखि अन्य केही काम लाग्ने सामान पनि भेटेका छन् ।
केही मानिसहरु इलेक्ट्रोनिक सामानहरु खोजिरहेका छन् । सेनाले फालेका फोहोरको थुप्रोमा बच्चाहरू केही उपयोगी चीजको लागि खोजी गरिरहेका छन् । मुलुकमा नेटो सेनाको उपस्थितिबाट बालिका तथा महिलाहरुलाई धेरै लाभ पुग्यो । उनीहरुले विद्यालय जाने र काम गर्ने स्वतन्त्रता पाए । तर अब उनीहरुलाई यो स्वतन्त्रता पुनः खोसिन्छ कि भन्ने डर छ ।
कहिलेकाँही व्यक्तिहरूले फोहोरको थुप्रोमा पनि राम्रा चीजहरू फेला पारेका छन् । केही व्यक्तिले सेनाले छाेडेकाे थुप्राेमा भेटेका चीजहरू यस समयको चिनो स्वरुप आफूसँगै राख्न लगेका छन् । सेनाको फिर्ती आधिकारिक रूपमा मे १ देखि सुरु भयो । तर तालिबानी आक्रमणको खतरा रहेका कारण सबै चीज हतारमा भइरहेको छ । त्यसैले पनि त्यहाँ फाेहाेर थुप्रियाे ।
तिनीहरुसँग भएका केही राम्रा वस्तुहरु कि स्थानीय अधिकारीलाई दिनेछन्, वा आफैंसँग लैजाने छन् तर प्रयोग गर्न नमिल्ने धेरै सामानको थुप्रो त्यहाँ छ । त्यसमा २० वर्षदेखि १ लाखभन्दा धेरै अमेरिकी सैनिकले प्रयोग गरेका इलेक्ट्रोनिक उपकरण पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा छन् ।
सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल-कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ । हिन्दुकुश पर्वतको फेदमा अवस्थित बघराम ऐतिहासिक सैन्य आधार हो ।
एकपटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट करिब एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ । सन् १९५० का दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।
अमेरिकी सेना फिर्ता गएपछि तालिबानले उक्त मैदान कब्जा गर्न सक्ने चिन्ता स्थानीयमा थपिएकाे छ ।
तस्बिरः एएफपी
अमेरिकी सेनाले २० वर्षपछि बघराम हवाई मैदान छोड्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij