Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

फिलिपिन्स विमान दुर्घटनामा २९ को मृत्यु, १७ बेपत्ता 

फिलिपिन्स विमान दुर्घटनामा २९ को मृत्यु, १७ बेपत्ता 

  • 763
    SHARES
  • फिलिपिन्स विमान दुर्घटनामा २९ को मृत्यु, १७ बेपत्ता 

    मनिला । दक्षिणी फिलिपिन्समा ८५ जना यात्रु लिएर उडेको विमान दुर्घटना हुँदा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन्, भने १७ जना अझै बेपत्ता रहेका छन् । घाइते सबैलाई उपचारका लागि भर्ना गरिएको छ ।

    जनरल सिरिलिटो सोबेजानाले समाचार एजेन्सी एएफपीसँग सि १३० विमान सुलु प्रान्तको जोलो द्धीपमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बताए ।

    स्थानीय मिडियाले सार्वजनिक गरेका तस्बिरमा जलिरहेको विमानबाट धुँवाको मुस्लो उठेको देखिन्छ । मध्य फिलिपिन्समा पानी परिरहेको छ, विमान मौसमका कारण दुर्घटना भएको बारे केही पत्ता लागेको छैन । 

    एएफपीका अनुसार विमानमा सवार यात्रुमध्ये अधिकांशले हालै सैन्य प्रशिक्षणमा स्नातक डिग्री हासिल गरेका थिए । उनीहरुलाई मुस्लिम बाहुल्यता रहेको एक अशान्त क्षेत्रमा उग्रवादीसँग लड्नका लागि एक टास्क फोर्समा तैनाथ गर्न लागिएको थियो । 

    दक्षिण फिलिपिन्समा कैयौं उग्रवादी समूह सक्रिय भएपछि सरकारले त्यस क्षेत्रमा सेनाको संख्या बढाउँदै गएको छ । 

    फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij