Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

  • 114
    SHARES
  • अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

    मोरङ । अम्रिसोको मूल्य निरन्तर ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन । गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो ।

    गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी १३० सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेलले बताए ।

    ‘किसानसँग खरिद गरेको काँचो अम्रिसोे सुकाउँदा औसतमा १५ देखि २० प्रतिशतसम्म घट्ने गरेको बताउँदै प्रतिकेजी ७० देखि ७५ सम्ममा झापाको धुलाबारीस्थित डिलरमा आफूले बेच्ने गरेको’, लुइँटेलले भने ।

    पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश किसान नगदेबालीको रुपमा व्यावसायिक हिसाबले अम्रिसोे खेतीमा आकर्षित भएका छन । ‘गतवर्षसम्म अम्रिसोेको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका थियौँ, यस पटकको अम्रिसोको मूल्यले निरास बनायो’, लेटाङ–१ का किसान यामबहादुर मगरले भने ।

    पाँच रोपनी बारीमा लगाएको अम्रिसो वार्षिक दश मन जति उत्पादन हुने गरेको मगरले बताए ।किसान मगरका अनुसार गत साल प्रतिकेजी १४० सम्ममा लेटाङ बजारमा अम्रिसो कारोबार भएको थियो ।

    विगतका वर्षमा राम्रो आम्दानी हुने गरेकाले हौसिएर अरु बाली मासेर अम्रिसो लगाएकामा अहिले मूल्य नपाउदा दुःख लागेको अम्रिसो उत्पादन गरेका किसान हस्त मगरको भनाइ छ ।ओरालो र भिरालो ठाउँमा हुने अम्रिसो वर्षमा एक पटक मात्र उत्पादन हुने गर्दछ ।

    तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानको यसतर्फ आकर्षण बढेको छ । कुनै सयम बिक्री नभएर वस्तु चौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानको यस तर्फ आकर्षण बढेको लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले बताए ।

  • सम्बन्धित विषय:

  • # अम्रिसो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij