Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रतिनिधिसभा विघटनको मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले तयार पार्यो निर्वाचन तालिका 

प्रतिनिधिसभा विघटनको मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले तयार पार्यो निर्वाचन तालिका 

  • 696
    SHARES
  • प्रतिनिधिसभा विघटनको मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले तयार पार्यो निर्वाचन तालिका 

    काठमाडौं ।  निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । सोमबार दल दर्ताका लागि आह्वानसहित आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठ मध्यरातमा प्रतिनिधिसभा विघटन भएको जानकारी गराएपछि सरकारले २६ कात्तिक ३ मंसिरमा मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १० जेठमा परेको रिटमा सुनुवाइ जारी रहेको छ । यही बेला आयोगले भने निर्वाचन कार्यसूची तयार पारेको छ । कार्यसूचीमा आयोगले ३१ असारदेखि १५ साउनसम्म दल दर्ताको समयसीमा तोकिएको छ । 

    आयोग स्रोतकाअनुसार पहिलो चरणमा हुने चुनावका लागि २० र २१ असोजमा उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । २० असोजमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता ३१ असोज र  १ कात्तिकमा गर्ने गरी आयोगले कार्यसूची तयार गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij