वेबटिभी खबर
बेइजिङ । चीनका अन्तरिक्ष यात्रीले चीनकाे इतिहासमा दोस्रोपटक स्पेसवाक सफलतापूर्वक गरेका छन् । चीनको अन्तरिक्ष एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अन्तरिक्ष केन्द्रमा पुगेका तीन जनामध्ये दुई यात्रीले स्टेशनबाहिर ७ घण्टासम्म बसेका हुन् । चीनका अन्तरिक्ष यात्रीले सन् २००९ मा पहिलोपटक स्पेसवाक गरेका थिए ।
चीनले जुन १७ मा तीन पुरुष अन्तरिक्ष यात्रीलाई कोर मोड्युलमा पठाएको थियो । चीनको अन्तरिक्ष एजेन्सी सिएमएसएका अनुसार स्पेसवाकमा ती यात्रीहरु लिउ बोमिङ र थङ हङ्बो यानमार्फत् स्टेशन बाहिर आएका थिए ।
उनीहरुले राबोटिक आर्मको सहयोगबाट स्टेशनबाहिर निस्किएर अन्तरिक्षमा हिँडेका हुन् । यस क्रममा निह हाइसङले स्पेस स्टेशनभित्रबाट बाहिर हिँडिरहेका दुई जना यात्रीलाई सहयोग गरे ।
उनीहरु स्पेस स्टेशन मर्मत गर्नका लागि गएका थिए । अर्को वर्षसम्म उक्त स्टेशन तयार हुने अपेक्षा गरिएको छ ।
अन्तरिक्ष केन्द्र निर्माण गर्न चीनले तीन अन्तरिक्ष यात्री पठायो
चीनले निर्माण गरिरहेको अन्तरिक्ष स्टेशनका लागि कार्गो रकेट प्रक्षेपण
चीनको जुरोङ रोभर पहिलोपटक मंगल ग्रहको सतहमा गुड्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij