Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रतिनिधिसभा विघटनको रिटमा बहस सकियो

प्रतिनिधिसभा विघटनको रिटमा बहस सकियो

  • 775
    SHARES
  • प्रतिनिधिसभा विघटनको रिटमा बहस सकियो

    काठमाडौं । प्रतिनिनिधसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको बहस सोमबार सकिएको छ । सोमबार निवेदकतर्फका कानुन व्यावसायीको जवाफ र चारजना एमिकस क्युरीले बहस गरेका थिए । 

    रिटमा सबै कानुन व्यावसायीले बहस सकेपछि अदालतले असार २८ गतेलाई अर्को पेशी तोकेको छ । सम्भवतः २८ गते रिटमाथि निर्णय आउँछ ।

    पाँच प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्न र संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदले रिट दर्ता गरेका थिए ।

    रिटमाथि असार ९ गतेदेखि सुरु भएको बहस सोमबार टुंगिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij