Logo

२०८३, कार्तिक ६ गते बिहिवार

२०८३, कार्तिक ६ गते बिहिवार

नेपाल-भारत महिला मैत्री समाजद्वार गोडैताका विपन्न परिवारलाई निशुल्क ग्यास सेट वितरण 

नेपाल-भारत महिला मैत्री समाजद्वार गोडैताका विपन्न परिवारलाई निशुल्क ग्यास सेट वितरण 

  • 518
    SHARES
  • नेपाल-भारत महिला मैत्री समाजद्वार गोडैताका विपन्न परिवारलाई निशुल्क ग्यास सेट वितरण 

    सर्लाही । नेपाल भारत महिला मैत्री समाज काठमाडौंले सर्लाहीको गोडैता नगरपालिकामा खाना बनाउने ग्यास सेट वितरण गरेको छ । गोडैताका दलित तथा अति विपन्न परिवारलाई एक कार्यक्रम आयोजना गरी निःशुल्क ग्यास सेट वितरण गरिएको हो ।

    गोडैता नगरपालिका–८ स्थित बेणी भोला नमूना माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरी र भारतीय कन्सुलेट वीरगन्जका पोलिटिकल कन्सुल शैलेन्द्र कुमारले संयुक्त रुपमा ग्यास सेट वितरण गरेका थिए ।

    भारत सरकारको साना विकास परियोजना अन्तर्गतको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले गोडैता नगरपालिकाका ३३० अति विपन्न तथा दलित परिवारलाई निशुल्क ग्यास सेट वितरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा संस्थाकी अध्यक्ष सांसद चन्दा चौधरीले नेपाल र भारत बीच पारिवारिक, सांस्कृतिक, धार्मिक र जनस्तरमा अत्यन्त मजवुत सम्बन्ध रहेको उल्लेख गर्दै यस किसिमका सहयोगले नेपाल र भारतका जनताबीचकाे सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरिन ।

    पूर्वमन्त्री चौधरीले उक्त अवसरमा गरिब महिलाहरुको आर्थिक र सामाजिक हिसाबले उत्थान गर्नु आफ्नो मुख्य उदेश्य भएको बताइन । यस्ता सहयोगले यस भान्सामा काम गर्ने महिलाको स्वास्थ्यमा सुधार हुनुको साथै समयको पनि बचत हुने उनकाे भनाइ थियाे ।

    Chanda Chaudhari.jpeg

    उक्त कार्यक्रमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि भारतीय कन्सुलेट वीरगन्जका पोलिटिकल कन्सुल शैलेन्द्र कुमारले भारत सदैव नेपालका जनतालाई सहयोग गर्न तत्पर रहेको बताए । 

    कार्यक्रममा गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवले नगरपालिकालाई धुवाँ र धूलो मुक्त बनाउने अभियानमा रहेकोले यस्ता सहयोगले थप मद्दत पुगेको बताए । 

    नेपाल भारत महिला मैत्री समाजले अहिले सम्म सप्तरीको तिरहुत गाउँपालिका र सर्लाहीको कौडेना गापा तथा गोडैता नगरपालिकामा ग्यास सेट वितरण गरिसकेको छ । छिट्टै नै रौतहट जिल्लाका दुई स्थानीय तहमा निःशुल्क ग्यास सेट वितरण गरिने संस्थाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij