Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाँच खेलाडीलाई सफाइ

पाँच खेलाडीलाई सफाइ

  • 225
    SHARES
  • पाँच खेलाडीलाई सफाइ

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङ (खेल मिलोमतो)को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।

    न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो ।

    जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।

    गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै तीन लाख धरौटीमा छुटेका थिए ।

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij