Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एक बोरा धान चोर्न वृद्धाको हत्या 

एक बोरा धान चोर्न वृद्धाको हत्या 

  • चैत्र २२, २०८० बिहिवार १६:१९ बजे
  • 312
    SHARES
  • एक बोरा धान चोर्न वृद्धाको हत्या 

    सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा मंगलबार ७० वर्षीया वृद्धाको हत्या धान चोर्नबाट रोक्न खोज्दा भएको खुलेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै एक बोरा धान चोर्दा वृद्धाले देखेर रोक्न खोज्दा हत्या भएको जनाएको हो ।

    जिरायत जंगल टोल बस्ने ७० वर्षीया पार्वतीकुमारी महतोको मंगलबार साँझ हत्या भएको थियो । प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेको आरोपमा रौतहटको वृन्दावन नगरपालिका–५ नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई भोलिपल्दै पक्राउ गरेको थियो ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानबाट धान चोर्न खोज्दा देखेर पार्वतीले प्रतिकार गरेपछि प्रमोदले हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । पार्वतीले प्रतिकार गरेपछि प्रमोदले काठको मुढाले अनुहारमा प्रहार गरेका थिए । जसले गर्दा घटनास्थलमै पार्वतीको मृत्यु भएको थियो । चोरी भएको धानको बोरा, पार्वतीलाई प्रहार गरेको काठको मुढा सहितका प्रमाण प्रहरीले फेला पारिसकेको छ । 

    रौतहटका प्रमोद जिरायत क्षेत्रमा ज्याला मजदुरीको काम गर्दै आएका थिए । अनुसन्धानमा खटिएका हरिवन इलाका प्रहरी कार्यालयका निरीक्षक अनिल गिरीले अनुसन्धानका क्रममा पार्वतीको घरमा राखिएको सात वटा धानका बोरा मध्ये ६ वटा मात्र फेला परेको बताए । सिसिटिभी फुटेजका आधारमा महतोको घरबाट चोरी भएको धान प्रमोदले बोकेर हिँडेको देखिएको प्रहरीले जनाएको छ । 

    चोरी गरेको धान बोकेर प्रमोदले बेच्न बागमती नगरपालिका–४ स्थित घिमिरे चोकको एक किराना पसलमा गएको पनि सिसिटिभीमा देखिएको छ । त्यो धान किराना पसलेले नकिनेपछि बोकेर घर रौतहटतर्फ जाँदै गर्दा प्रहरीले प्रमोदलाई पक्राउ गरेको हो ।

    प्रमोदलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सर्लाहीका एसपी दयानिधि ज्ञवाली, डीएसपी दीपक श्रेष्ठ, हरिवनका इन्स्पेक्टर गिरीलगायतको उपस्थिति थियो ।

    बागमतीमा एक वृद्धाको हत्या, एक युवक पक्राउ बागमतीमा एक वृद्धाको हत्या, एक युवक पक्राउ

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij