Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • 103
    SHARES
  • आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी  प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # वर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij