Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हङकङद्वारा नेपाल चार विकेटले पराजित

हङकङद्वारा नेपाल चार विकेटले पराजित

  • 151
    SHARES
  • हङकङद्वारा नेपाल चार विकेटले पराजित

    काठमाडौं । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल पराजित भएको छ ।

    हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ ।

    नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । आजको खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा जारी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको छ ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४, सन्दीप जोराले २२ र रोहितकुमार पौडेलले २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल आजको खेलमा पनि शून्य रनमा आउट भए ।

    हङकङको जितमा अंशुमन रनले ६५ रन बनाए । साथै बाबर हयातले २६ रनको पारी खेले । नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # हङकङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij