वेबटिभी खबर
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको छलफल सकिएको छ । वार्ता सकेर वरिष्ठ नेता वार्तास्थलबाट बाहिरिएका छन् । उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
ओली र वरिष्ठ नेता नेपालसँगै मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका थिए । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरेका थिए ।
मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी थिए ।
कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij