वेबटिभी खबर
बग्दाद । समाचार एजेन्सी एएफपीले इराकी सेनालाई उधृत गर्दै बग्दादमा रहेको अमेरिकी दूतावासमा तीन वटा रकेट प्रहार भएको जनाएको छ ।
रोयटर्सले पनि इराक र सिरियामा अमेरिकी दूतावास र सैनिकमाथि पछिल्लो २४ घण्टामा तीन रकेट र ड्रोनबाट आक्रमण भएको उल्लेख गरेको छ ।
दूतावासमात्र नभई बग्दादको ग्रीन जोन आसपास पनि हमला भएका छन् । इरान समर्थित सशस्त्र समूहले उक्त आक्रमण गरेको हुन सक्ने बताइएको छ । इराकमा २५ सय अमेरिकी सेना तैनाथ गरिएको छ ।
#BREAKING Three rockets fired at US embassy in Baghdad: Iraq army pic.twitter.com/ILBtXIIDF9
— AFP News Agency (@AFP) July 8, 2021
यस वर्ष अहिलेसम्म कम्तिमा ५० पटक हमला भएका छन् । तर पछिल्ला केही दिनमा यस्ता आक्रमणका घटना झन् बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij