Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सामाजिक सञ्जालविरुद्ध डोनाल्ड ट्रम्प अदालत जाने 

सामाजिक सञ्जालविरुद्ध डोनाल्ड ट्रम्प अदालत जाने 

  • 669
    SHARES
  • सामाजिक सञ्जालविरुद्ध डोनाल्ड ट्रम्प अदालत जाने 

    वाशिंटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनी फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने निर्णय गरेका छन् । 

    images

    समाचार एजेन्सी एएफपीले यसको पुष्टि गर्दै ट्रम्पले बुधबार फेसबुक, गुगल र ट्विटरविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको बताएको छ । न्युजर्सीमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यी कम्पनीका उच्चाधिकारी सुन्दर पिचाई, मार्क जुकरबर्ग र ज्याक डोर्सीविरुद्ध पनि मुद्दा दायर गर्ने भनेका छन् ।

    यी कम्पनीले गलत तरिकाले आफ्नो आवाज दबाएको आरोप ट्रम्पले लगाएका छन् । यस वर्षको जनवरीमा अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हमला गरेपछि उक्त घटनाको जिम्मेवार ट्रम्प भएको भन्दै सामाजिक सञ्जालले उनका खाता बन्द गरेका थिए । 

    सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबलगायतले प्रतिबन्ध गरेको चार महिनापछि मे ५ मा ट्रम्पले डोनाल्डजेट्रम्प.कम (www.donaldjtrump.com) नामक वेबसाइट सञ्चालन गरेका थिए ।  ट्रम्पका तस्बिर, भिडियो, विज्ञप्ति र सन्देशहरु बाँड्नका लागि उक्त वेबसाइट सुरु गरेको बताइएको थियो । तर जुन महिनामा नै उनकाे वेबसाइट बन्द भयाे । 

    ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द  डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द  फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology