Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भारतमा जंगलमा आगो लगाउने ५२ जना पक्राउ, ८०४ आगलागीका घटनामा हजार हेक्टर वन जले

भारतमा जंगलमा आगो लगाउने ५२ जना पक्राउ, ८०४ आगलागीका घटनामा हजार हेक्टर वन जले

  • 178
    SHARES
  • भारतमा जंगलमा आगो लगाउने ५२ जना पक्राउ, ८०४ आगलागीका घटनामा हजार हेक्टर वन जले

    नयाँ दिल्ली । नेपालमा जस्तै भारतमा पनि जंगलमा आगलागीको घटना निकै बढेको छ । जंगलमा आगो लगाएको अभियोगमा भारतमा ५२ जनालाई पक्राउ गरि मुद्दा चलाइएको छ ।

    उत्तराखण्ड राज्यमा पछिल्लो २४ घण्टामा आगलागीका ४३ घटनामा ६२ हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ । आगोले नोक्सान गरेको वन क्षेत्र जोगाउन सरकारले आफ्नो सबै शक्ति लगाएको छ । तर पनि आगलागीका घटनामा कमी आउन सकेको छैन । 

    यो सुख्खा मौसममा मात्र भारतमा ८०४ घटनामा १ हजार ११ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । उत्तराखण्डमा अहिले पनि वन क्षेत्रमा आगो फैलने क्रम जारी नै छ । वन विभागले सेनाको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखेको छ । केही उच्छृंखल तत्वले वनमा आगो लगाएर समस्या बढाएको वन विभागले जनाएको छ ।

    वनमा आगो लगाइएको घटनामा यो मौसममा मात्र वन संरक्षण ऐन र वनमा आगो लगाउने अपराध अन्तर्गत ३१५ मुद्दा दर्ता भएका छन् । जसमा २६७ वटा अज्ञात र ४८ जना पहिचान भएका व्यक्ति विरुद्ध मुद्दा परेको छ । 

    आगलागीका घटना बढेपछि वन विभागले राज्यको मुख्यालयमा नियन्त्रण कक्ष स्थापना गरेको छ । साथै वनमा लागेको आगलागीबारे जानकारी दिन हेल्प लाइन नम्बरहरु पनि सार्वजनिक गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij