Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चितवनमा बाघ र गैँडा मृतअवस्थामा फेला

चितवनमा बाघ र गैँडा मृतअवस्थामा फेला

  • 102
    SHARES
  • चितवनमा बाघ र गैँडा मृतअवस्थामा फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृतअवस्थामा फेला परेका छन । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ ।

    घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ ।

    गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij