Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

खडेरीपछिको वर्षाले किसानलाई राहत

खडेरीपछिको वर्षाले किसानलाई राहत

  • 96
    SHARES
  • खडेरीपछिको वर्षाले किसानलाई राहत

    बैतडी । लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ ।

    वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए । उनले भने, ‘लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।’

    वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताउनुभयो । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन । सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए ।

    बैतडीमा मकै खेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ । यसैबीच वर्षापछि यहाँका वन जंगलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । डढेलोका कारण  वायुप्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij