वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण बुधबारको तुलनामा बिहीबार केही घटेको छ । २४ घण्टाको अवधिमा ४३ हजार ५ सय ४ जना संक्रमित भएका छन् भने संक्रमणबाट निको हुनेको संख्या ४४ हजार २ सय ४ छ ।
संक्रमणबाटै बिहीबार ९ सय ८ जनाको ज्यान गएको छ । यही क्रममा सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा ९ हजार ८३, केरलामा १३ हजार ७ सय ७२ रहेको छ । सो अवधिमा देशभर भेटिएका संक्रमितमध्ये ५३ प्रतिशत यी दुई राज्यमा मात्र भेटिएका छन् ।
लगातार संक्रमण घटिरहेको भारतमा बुधबार भने निको हुनेभन्दा संक्रमित हुनेको संख्या बढी रहेको थियो । २४ घण्टाको अवधिमा ४५ हजार ७ सय २४ जना कोरोना संक्रमित भएका ४४ हजार ५ सय ७ संक्रमित संक्रमणमुक्त भए भने ८ सय १९ जनाको संक्रमणबाट ज्यान गएको थियो ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ९७.१९ प्रतिशत संक्रमणमुक्त भएका छन् । अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९ सय ५० जना संक्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी कुल संक्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि संक्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५८ हजार ७ सय २७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
भारतमा कोरोना संक्रमण बढ्यो
भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij