Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तालिबानले सीमावर्ती सहर नियन्त्रणमा लियो, अफगानी सैनिक इरान भागे

तालिबानले सीमावर्ती सहर नियन्त्रणमा लियो, अफगानी सैनिक इरान भागे

  • 1.0K
    SHARES
  • तालिबानले सीमावर्ती सहर नियन्त्रणमा लियो, अफगानी सैनिक इरान भागे

    काबुल । अफगानिस्तानका विद्रोही लडाकू तालिबानले इरानसँग सीमा जोडिएको इस्लाम कला सहरको महत्वपूर्ण क्षेत्र बिहीबार नियन्त्रणमा लिएका छन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विटरमा एक पोस्ट सेयर गर्दै आफूहरुले उक्त क्षेत्र नियन्त्रणमा लिएको दाबी गरेका हुन् । 

    अफगान अधिकारीले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक रुपमा टिप्पणी गरेका छैनन् । तर समाचार एजेन्सी रोयटर्सले अधिकारीको नाम नखुलाई सीमा पोस्ट नियन्त्रण गरेपछि अफगानी सुरक्षाकर्मी र भन्सार अधिकारीहरु इरानतर्फ भागेको लेखेको छ । इरानको अरबी भाषाका अल आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । 

    अफगानी गृह मन्त्रालयका प्रवक्ता तारिक एरिनले यस समाचारको खण्डन गर्दै उक्त क्षेत्र अझै सरकारी नियन्त्रणमै रहेको बताए । 

    ताजकिस्तानको सीमादेखि सेरखान र अकिया सीमाक्षेत्र कब्जा गरेपछि यो तालिबानले कब्जा गरेको तेस्रो सीमा हो । इस्लाम कला इरान र अफगानिस्तानबीच रहेको एक महत्वपूर्ण व्यापारिक सीमा हो । जुन हेरातबाट ५ किलोमिटर टाढा पर्छ । 

    तालिबानले अफगानिस्तानको कन्दहार जिल्ला नियन्त्रणमा लियो तालिबानले अफगानिस्तानको कन्दहार जिल्ला नियन्त्रणमा लियो तालिबानको आक्रमणपछि अफगानी सैनिक भागेर ताजकिस्तान पुगे तालिबानको आक्रमणपछि अफगानी सैनिक भागेर ताजकिस्तान पुगे

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij