Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमालेको राष्ट्रिय महिला भेला सुरु

एमालेको राष्ट्रिय महिला भेला सुरु

  • 119
    SHARES
  • एमालेको राष्ट्रिय महिला भेला सुरु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको  छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित छन ।

    भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता रहेको छ ।

    २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेद्कारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसंगठन संयन्त्रले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij