Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हुरीले मकै बालीमा क्षति

हुरीले मकै बालीमा क्षति

  • 160
    SHARES
  • हुरीले मकै बालीमा क्षति

    खोटाङ । वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो ।

    पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताए । ‘यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मंगलबार आएको हुरीले सोत्तर पारेको छ’,  राईले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।’

    मंगलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गर्ने गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij