वेबटिभी खबर
काठमाडौं । आइसिसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले समान एक-एक अंक बाँडेका छन् ।विश्वकपमा नेपालले दुई खेलमा एक अंक जोडेको छ भने तीन खेलबाट श्रीलंकाको पनि समान एक अंक नै छ ।
नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा छ अंकका साथ सुपर आठमा प्रवेश गरिसकेको छ ।
बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई-दुई अंक नै छ । नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij