Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भत्ता लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए 

भत्ता लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए 

  • 148
    SHARES
  • भत्ता लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए 

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    शून्य समयमा सांसद विद्या भट्टराईले पूर्वतयारी नगरीकन सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गरिँदा नागरिकले हैरानी पाएकाले यसलाई तत्काल समाधान गर्न आग्रह गरिन । परिचयपत्र बनाउन वडास्तरमा निश्चित अवधि तोकेर घुम्ती शिविर सञ्चालन गर्न पनि उनले आग्रह गरिन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij