वेबटिभी खबर
काठमाडौं । सरकारले विघटन गरेको प्रतिनिधिसभालाई सर्वाेच्च अदालतले ब्युँताएकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनवाई पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना हुने आदेश सुनाएकाे हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा गठन भएकाे संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसअघि उनले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्याे विघटना पनि अदालतले बदर गरेकाे थियाे ।
संसद पुनर्स्थापनाको हुनुपर्ने धारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी के्रन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका माधव नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादी पार्टीका डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष थिए । देउवाको नेतृतवमा १४६ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेर सर्वाेच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij