Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै देउवा

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै देउवा

  • 930
    SHARES
  • सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै देउवा

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।

    देउवाले पार्टीका शीर्ष नेताहरूलाई पनि आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् । कांग्रेसका केही शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काकाअनुसार सभापति देउवनले पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेपछि विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने छन् । 

    सर्वोच्चले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij