Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भारतले जित्यो विश्वकपको उपाधि

भारतले जित्यो विश्वकपको उपाधि

  • 135
    SHARES
  • भारतले जित्यो विश्वकपको उपाधि

    काठमाडौं । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ ।

    भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि-२० विश्वकपको उपाधि जितेको थियो । 

    वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो ।

    प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।
     
    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए ।

    उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए । 

    भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई-दुई विकेट लिए ।

    त्यसअघि टस जितेर  पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

    भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

    दक्षिण अफ्रिकाका लागि  केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई-दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक-एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij