Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पूर्वराष्ट्रपति जेल गएपछि दक्षिण अफ्रिकामा हिंसा बढ्यो 

पूर्वराष्ट्रपति जेल गएपछि दक्षिण अफ्रिकामा हिंसा बढ्यो 

  • 689
    SHARES
  • पूर्वराष्ट्रपति जेल गएपछि दक्षिण अफ्रिकामा हिंसा बढ्यो 

    जोहान्सबर्ग । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमा जेल जाने भएपछि दुई प्रान्तमा हिंस्रक दंगा फैलिएको छ । जुमाका समर्थकहरुले सडक अवरुद्ध गरेका छन् र पसलहरु लुटपाट गरेका छन् । हिंसात्मक प्रदर्शन गरिरहेका कम्तिमा ६२ जना पक्राउ परेको दक्षिण अफ्रिकाको प्रहरीले बताएको छ । जोहानसबर्गको अलेक्जान्ड्रा र ब्राम्ले नजिकका सयौं व्यक्तिहरूले स्टोरहरू लुटेर जलाएको प्रहरी मेजर जनरल मठापेलो पिटर्सले बताए । 

    images

    जुमा अदालतको मानहानी गरेको मुद्दामा गत सातादेखि १५ महिनाका लागि जेल परेका छन् । सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाका अझै पनि हजारौं समर्थक रहेका छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

    प्रहरीले पक्राउ गर्न लागेको भन्ने खबर पाएपछि जुमाले गत बुधबार अबेर आफ्नो निवासनजिकै रहेको जेलमा पुगेर आत्मसमर्पण गरेका थिए । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जेल गएको यो पहिलोपटक हो । समर्थकहरूले गत साता जुमाको गृह क्षेत्र क्वाजुलु–नेटल प्रान्तबाट प्रदर्शन सुरु गरे र साताको अन्त्यसम्म जोहान्सबर्ग सहरसमेत रहेको गउतेङ प्रान्तसम्म पुग्यो । 

    दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्म समर्पण गरे दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्म समर्पण गरे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology