वेबटिभी खबर
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन ।
मधेस प्रदेश सभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेश सभामा १३ प्रदेश सभा सदस्य छन ।
कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभामा बहुमत पाउने पक्का भएको छ । मधेस प्रदेश सभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र) का नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेश सभा सदस्य छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij