Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

  • 130
    SHARES
  • बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन ।

    उनले आज तीनवटै सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहालले सो अवसरमा उनीहरुसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन । सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिए ।

    प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविछिन्न रुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij