Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पूर्वमन्त्री रामचन्द्र रायको हत्या

पूर्वमन्त्री रामचन्द्र रायको हत्या

  • 170
    SHARES
  • पूर्वमन्त्री रामचन्द्र रायको हत्या

    सर्लाही । अज्ञात समूहले गएराति सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरि हत्या गरेको छ । चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा बस्ने रायको सुतेकै अवस्थामा हत्या भएको थियो ।

    उनको टाउकोमा धारिलो हतियारले पटक-पटक प्रहार भएको घटनास्थल प्रकृतिबाट देखिएको प्रहरीले जनाएको छ । राति १२ बजे आसपास हत्या भएको बताइएको छ ।

    घटनाबारे सूचना पाउनासाथ राति नै जिल्ला प्रहरी कार्यालयबाट एसपी रविन्द्र सिंह सहितको टोली घटनास्थलमा पुगेको थियो । जनकपुरबाट प्रहरी नायब महानिरीक्षक यज्ञविनाेद पाेखरेल पनि घटनास्थल पुगेका छन् । हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर पनि मगाइएको छ ।

    रायको शव पोस्टमार्टमका लागि मलंगवा लगिएको छ । हत्याराको खोजीमा प्रहरीले खोजतलास व्यापक बनाएको छ । सदरमुकाम मलंगवा नगरपालिकामा समेत घर भएका पूर्वमन्त्री राय आफ्नो खेती भएको चन्द्रनगरमा एकजना सहयोगी राखेर बस्दै आएका थिए । सहयाेगीका अनुसार राति तीन जना रायसँग भेट्न आएका थिए । त्यसपछि सहयाेगीले आफू सुत्न छतमा गएकाे र राति तल आउँदा रायकाे हत्या भएकाे अवस्थामा देखेकाे बताएका छन् । भेट्न आएका भनिएका तीनै जना बेपत्ता छन् ।

    उनी आफ्नो खेतमा राेपाईं गराउन केही दिनअघि गाउँ आएको स्थानीयले बताएका छन् । राय पन्चायती व्यवस्थामै सांसद थिए । पटक–पटक सांसद र एकपटक राज्यमन्त्रीसमेत भएका राय असल राजनीतिज्ञका रुपमा चिनिन्थे ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij