Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अफगानी सैनिकलाई आत्मसमर्पण गर्न तालिबानको चेतावनी 

अफगानी सैनिकलाई आत्मसमर्पण गर्न तालिबानको चेतावनी 

  • 684
    SHARES
  • अफगानी सैनिकलाई आत्मसमर्पण गर्न तालिबानको चेतावनी 

    काठमाडौं । तालिबानका एक वरिष्ठ नेताले अफगानिस्तानका सैनिकहरुलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानका सहरहरुमा त्यहाँका सैनिकसँग युद्ध गर्न आफूहरुले नचाहेको उनले बताएका हुन् । तालिबानले टर्कीलाई पनि अफगानिस्तानमा सैनिक संख्या नबढाउन चेतावनी दिएको छ । 

    अफगानिस्तानबाट विदेशी सैनिकहरु फर्किएपछि तालिबानले अधिकांश भूभाग नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । केही सहर मात्र अब अफगानी सेनाको नियन्त्रणमा बाँकी  छन् । अब यी क्षेत्रमा आवश्यक सामग्रीहरु केवल हवाईजहाजबाट पठाउनुपर्ने अवस्था आएको छ ।

    तालिबानीका प्रवक्ता अमीरखान मुत्तकीले ‘अहिले यो लडाई पहाड र मरुभूमिबाट सहरी क्षेत्रमा फैलिएको छ, तर मुजाहिद्दीन (तालिबानी लडाकू) सहरभित्र युद्ध गर्न चाहँदैनन् । त्यसकारण सहरहरुमा क्षति नपुर्याउनका लागि कुराकानीको माध्यम बनाउनु राम्रो हुन्छ’ भनेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij