Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

  • 113
    SHARES
  • कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

    पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो ।

    आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ ।

    निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको छ । पहिरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij