Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

महिला भलिबल, नेपालले श्रीलंकालाई हरायो

महिला भलिबल, नेपालले श्रीलंकालाई हरायो

  • 159
    SHARES
  • महिला भलिबल, नेपालले श्रीलंकालाई हरायो

    काठमाडौं । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    नेपालले श्रीलंकामाथि पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले पाखा लगाउँदै विजयी भयो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ ।

    यस जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # श्रीलंका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij