वेबटिभी खबर
काठमाडौं । बाग्मती नदी किनारामा एक जना पुरूषको शव फेला परेको छ । ललितपुरको कुपन्डोलस्थित बाग्मती नदी किनारामा एक जना पुरूषको शव फेला परेको हो ।
आइतबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बाग्मती नदी किनारामा अन्दाजी ४०/४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ । बाग्मती किनारामा घोप्टो परेर बसेको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij