Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कस्तो छ लाखौं कैदीबन्दी भएको भारतीय जेलको अवस्था ? 

कस्तो छ लाखौं कैदीबन्दी भएको भारतीय जेलको अवस्था ? 

  • 1.8K
    SHARES
  • कस्तो छ लाखौं कैदीबन्दी भएको भारतीय जेलको अवस्था ? 

    नयाँ दिल्ली । अमानवीय, फोहोर, अस्वस्थ खाना, कैदीहरुको हिंस्रक झडपका लागि भारतका जेल कुख्यात छन् । हिन्दी फिल्ममा पनि भारतीय जेलका यस्ता दृष्य धेरै देखाइएका छन् । 

    images

    तर एक दशकदेखि केही राज्यमा जेलको स्थिति फेरिँदै गइरहेको छ । भारतीय जेलमा लाखौंको संख्यामा रहेका कैदीलाई सुधार गरेर समाजको मुल प्रवाहमा जोड्न लागिएको छ । 

    जेल सुधार अभियानमा राजस्थान, तेलगंना र हिमाचल राज्य सबैभन्दा अगाडि छन् । टाटा ट्रस्टको इन्डिया जस्टिस रिपोर्टका अनुसार जेलका विषयमा राजस्थान भारतको १८ ठूला र मध्यम राज्यमध्येमा नम्बर १ मा छ । 

    सन् २०२१ मा राजस्थान १२ औं स्थानबाट सिधै १ नम्बरमा आएको हो । भारतीय जेलको दुर्दशाका लागि क्षमताभन्दा धेरै कैदी, प्रहरी कर्मचारीको कमी र आवश्यकताभन्दा थोरै बजेट मुख्य जिम्मेवार छन् । जेलहरु राज्य सरकारको माताहतमा रहेका कारणले पनि त्यहाँ पर्याप्त बजेट पुग्दैन ।

    भारतका जेलमा जातिवाद पनि अत्यन्त हावी रहेको छ । ती कारागारमा जाति अनुसार काम लगाइने गर्दै आए पनि अहिले त्यसलाई हटाइएको छ ।

    भारतमा न्याय तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने ७ प्रमुख गैर सरकारी संस्था मिलेर इन्डिया जस्टिस रिपोर्ट तयार गर्छन् । यसमा ‘बजेटको उपयुक्त परिचालन, धेरै अधिकारीको भर्ना, जेलमा कैदीको संख्यामा कमी र जेलमा अधिक महिला स्टाफको भर्नाका कारण राजस्थानले जेल सुधारमा सफलता हासिल गरेको’ लेखिएको छ । 

    राजस्थानमा जेल महानिर्देशकको पदबाट ३० जुनमा अवकाश लिएका राजिव दासौतले हाल राजस्थानको जेलमा करिब २१ हजार कैदी भएको बताए । त्यहाँ रहेका १४४ जेलको कुल क्षमता २२ हजार छ । जेलकर्मीको भर्ना प्रक्रिया लगातार जारी छ र यसपटक जेलका लागि राज्यबाट दुई गुणा बढी बजेट प्राप्त भएको छ । 

    जेलमा भइरहेको सुधारप्रति सरकारले पनि ध्यान दिन सुरु गरेको छ । राजस्थानमा खुला जेलको अवधारणाले राम्रोसँग काम गरिरहेको प्रशासनको दाबी छ । विश्वास योग्य कैदीलाई सीप सिकाएर खुला जेलमा स्थानान्तरण गरिने पक्रिया अगाडि बढाइएको छ । खुला कारागारमा जाने कैदीले सुर्योदयदेखि सुर्यास्तसम्म जुनसुकै काम गर्न पाउँछन् । यसबाट उनीहरुलाई समाजमा घुलमिल  बनाउन सहयोग मिल्छ । खुला जेलमा अहिलेसम्म १३ सय कैदी सारिएको छ । यसले गर्दा सामान्य जेलमा कैदीको बोझ पनि कम भएको छ । 

    राजस्थानमा कैदीहरुलाई सीप सिकाउनका लागि राज्य स्तरमा कानुन पनि बनाइएको छ । भारतका जेलमा जातिवाद पनि अत्यन्त हावी रहेको छ । ती कारागारमा जाति अनुसार काम लगाइने गर्दै आए पनि अहिले त्यसलाई हटाइएको छ । 

    राजस्थानको जयपुर केन्द्रीय जेलले कैदीहरु सजाय भुक्तान गरेर फर्किसकेपछि समाजप्रति संवेदनशील बनाउनका लागि फिल्म ‘रोड टु रिफर्म’ पनि बनाएको छ । यसमा जेलबाट बाहिर निस्किइसकेका दुई कैदी दिनकर र सीमाको कथामा आधारित छ । उनीहरुले जेल सजाय काटेपछि सामाजिक जीवनका लागि गर्नुपर्नेको संघर्ष फिल्ममा समेटिएको छ, जसबाट कैदीहरुको मनस्थिति परिवर्तन गर्न सकिने अपेक्षा पनि छ ।

    कोरोना कारण जेलमा बाहिरबाट कैदी भेट्न जान बन्द थियो । यस्तो अवस्थामा कैदीहरुलाई परिवारसँग केही समय भिडियोमार्फत् कुरा गर्न दिइएको थियो । साथै त्यहाँका प्रत्येक जेलमा मनोचिकित्सक पनि राखिएको छ । 

    जेलबाट निस्किएपछि मानिसहरुलाई समाजमा सहज वातावरण हुँदैन । उनीहरुमाथि लागेको आरोपले समाजसँग सजिलै जोडिन पाउँदैनन् । 

    तर अनुसन्धानकर्ता डा बनमाली बारिकले जेलबाट निस्केका सबै कैदीलाई हेरचाह र अनुगमनको आवश्यक नपर्ने लेख्छन् । बारिकले गरेको अनुसन्धानमा ग्रामीण, कृषि र व्यवसायिक समुदायबाट धेरै संख्यामा बन्दीहरु आउने भएकाले उनीहरु पछि पनि सजिलै परिवारमा स्वीकार गरिने देखिएको बताउँछन् । 

    कैदीका लागि जेलमा बस्दा परिवार एवं आफन्तबीच सम्पर्कमा रहन र केही परामर्श दिन आवश्यक पर्छ । राजनीतिक गतिविधिका कारण केही समय जेल परेकी लेखिका प्रदिपिका सारस्वत सजाय काटिसकेका महिलाका लागि परिस्थिति निकै मुश्किल हुने बताउँछिन् । 

    राजस्थानको जेलमा पनि कैदीहरुलाई जेलपछिको जीवन सहज कसरी बनाउन सकिन्छ भन्ने अभ्यास भइरहेको छ । कोरोना कारण जेलमा बाहिरबाट कैदी भेट्न जान बन्द थियो । यस्तो अवस्थामा कैदीहरुलाई परिवारसँग केही समय भिडियोमार्फत् कुरा गर्न दिइएको थियो । साथै त्यहाँका प्रत्येक जेलमा मनोचिकित्सक पनि राखिएको छ । 

    जेलको वातावरण सुधार गर्दै गइरहेको अवस्थामा पनि अझै धेरै समस्या छन् । राजस्थानमा कैदीहरु जेलबाट भाग्ने समस्या अझै उस्तै छ । जोधपुर जिल्लाको जेलबाट अप्रिल १६ मा कैदीहरु फरार भएका थिए । यसका बावजुद पनि उत्तर प्रदेशलगायतका अन्य राज्यको भन्दा राजस्थानको जेलको अवस्था निकै राम्रो छ । 

    सरकारको नयाँ योजनाअनुसार कैदीहरुको गतिविधि निगरानी गर्न सजिलो होस् भनेर जेलकर्मीको वर्दीमा क्यामेरा राख्ने काम पनि भइरहेको छ । यदि कोही असामान्य देखिए औषधि र काउन्सिलिङको माध्यामबाट सहयोग गर्न सकियोस् भन्ने उद्देश्य जेल प्रशासनको छ । 

    सीपमुलक कामलाई पनि महत्व दिँदै गएका जेलहरुमा सन् २०१७ मा राजस्थानका कैदीहरुले मात्र ९१ लाख भारु बराबरको सामान बनाएका थिए । यस्तै, तेलंगानाका कैदीले भने ६० करोड भारुको सामान बनाए । यसरी सामान बनाउने कैदीलाई काम अनुसार दैनिक २४९ र २२५ भारु दिइन्छ । 

    जेलको वातावरण सुधार गर्दै गइरहेको अवस्थामा पनि अझै धेरै समस्या छन् । राजस्थानमा कैदीहरु जेलबाट भाग्ने समस्या अझै उस्तै छ । जोधपुर जिल्लाको जेलबाट अप्रिल १६ मा कैदीहरु फरार भएका थिए । यसका बावजुद पनि उत्तर प्रदेशलगायतका अन्य राज्यको भन्दा राजस्थानको जेलको अवस्था निकै राम्रो छ । 

    अपराध प्रमाणित नहुँदै जेलमा रहेका कैदीमध्ये २३ प्रतिशत उत्तर प्रदेशमा छन् । साथै त्यहाँ क्षमताभन्दा ५ गुणा बढी कैदी छन् । 
    सन् २०१९ मा भारतमा १३ सय ५० जेल थिए । जसमा सबैभन्दा धेरै राजस्थानमा १ सय ४४ छन् । दिल्लीमा १४ केन्द्रीय कारागार छन् भने ५ राज्यमा एउटा पनि केन्द्रीय जेल छैन । भारतका १५ राज्यमा जम्मा ३१ महिला जेल छन् । देशका सबै जेलमा रहेका ४ लाख ७८ हजार ६ सय कैदीमध्ये १९ हजार ९ सय १३ जना महिला रहेका छन् । जेलमा काम गर्ने कर्मचारीको कुल संख्या ८७ हजार ५ सय ९९ छ । 

    सन् २०१९ मा सबै जेलमा दोषी ठहर भइसकेका कैदीको संख्या १ लाख ४४ हजार १ सय २५ थियो र अदालतमा विचाराधिन अवस्थामा ३ लाख ३० हजार ४ सय ८७ जना थिए । सन् २०१८ को तुलनामा एक वर्षमा विचाराधिन कैदीको संख्या २ दशमलव १५ प्रतिशतले बढेको थियो । 

    कैदीमध्ये २७ प्रतिशत अशिक्षित, ४१ प्रतिशत १० कक्षा उत्तिर्ण र २१ प्रतिशत १२ उत्तिर्ण र ६ प्रतिशत स्नातक, १ प्रतिशत स्नातकोत्तर र १ प्रतिशत प्राविधिक विषयमा डिप्लोमा गरेका छन् । सबै कैदीमध्ये ४ सयलाई मृत्युदण्डको सजाय सुनाइएको थियो भने ७७ हजार १ सय ५८ लाई आजिवन कारावासको सजाय तोकिएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology