वेबटिभी खबर
काठामडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् ।
आज काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनसे यस्तो बताएका हुन् । उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको भन्दै क्षेत्र नं १ का सबै मतदातालाई धन्यवाद ज्ञापन गरे।
‘झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौँ’ उपप्रधानमन्त्री सिंहले भने, ‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।’
मन्त्री सिहले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका वाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारीताका साथ अघि बढाउने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij