वेबटिभी खबर
काठमाडौं । शुक्रबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म नयाँ बानेश्वरस्थित संसद भवनमा सांसदहरुको कोरोना भाइरस परीक्षण गरिने भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट परीक्षण गर्न लागिएको हो । कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी लगभग ७ सयजना हुने सचिवालयको आकलन छ ।
३ साउनमा प्रतिनिधिसभाको बैठक बस्ने तयारी भएकोले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्ने भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij