Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ओलम्पिकमा सहभागी हुने टोलीलाई राष्ट्रपतिले बिदाइ गरिन्

ओलम्पिकमा सहभागी हुने टोलीलाई राष्ट्रपतिले बिदाइ गरिन्

  • 610
    SHARES
  • ओलम्पिकमा सहभागी हुने टोलीलाई राष्ट्रपतिले बिदाइ गरिन्

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरिन् ।  

    सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।

    टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र  चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । 

    टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र  एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् ।

    यसैगरी परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।

    टोकियो ओलम्पिकमा प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङमा असिम यादव, जुडोमा सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा इन्द्रकुमारी मल्लको सहभागिता रहनेछ ।

    ओलम्पिकको उद्घाटन समारोहमा सिंह र शाहले संयुक्त रुपमा नेपालको झण्डा बोक्नेछन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij