वेबटिभी खबर
बारा । कोल्हबी नगरपालिका–११ खगदेस्थित सडकमा तामागढीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्र ०२–०३ ०१ च ४९२० नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया टोल बस्ने ४५ वर्षीय अधिकारी यादवको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै एलएस न्यूरो अस्पताल गण्डक बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij