वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै युरोपियन यूरो एकको खरिददर १४७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रूपैयाँ ६२ पैसा रहेको छ ।
त्यसैगरी, यसदिन साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९४ पैसा कायम राष्ट बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij