Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 82
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ६७ पैसा रहेको छ ।  त्यस्तै, युरो आज एकको खरिददर एक सय ४८ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रूपैयाँ ८४ पैसा कायम भएको छ ।

    त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९४ पैसा कायम भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij