वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ५३ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ ६० पैसा कायम भएको हो ।
त्यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १६ पैसा र बिक्रीदर १० रूपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९६ पैसा र बिक्रीदर २० रूपैयाँ ५ पैसा कायम राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij