वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर १४८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८४ पैसा कायम भएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १५ पैसा र बिक्रीदर १० रूपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij