वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ३१ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रूपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८४ पैसा कायम भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij